८ बैशाख २०८१, शनिबार
Header

बौद्धबाट नक्कली नोट बनाउने उपकरणसहित ३ जना पक्राउ, ४० हजार नोट बजारमा


प्रकाशित: सोमबार, ४ कातिक २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीको काठमाडौंको बौद्धबाट नक्कली नोट बनाउने उपकरणसहित ३ जनालाई पक्राउ गरेको छ । 


सोमबार विहान गोप्य सुचनाका अधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा छापा मारि उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका–७ घर भई गोकर्णेश्वर– ६ बस्ने २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेको सेतापाटीडकममा प्रकाशित समाचारमा उल्लेख छ । 


प्रहरीका अनुसार उनीहरुको साथबाट एक हजारको ३४ थान नक्कली नोट बरामद भएका छन भने पैसा बनाउने ठूलो कागज १४२ थान, सानो १४९ थान बरामद भएको छ ।


त्यसैगरी कलर मेसिन, सिपियु, मनिटर, हिटर, क्यामरा, कैंची, गम लगायत बरामद गरेको छ । प्रहरीका अनुासर बजारमा  उनीहरूले दसैंमा ४० हजार रुपैयाँ नक्कली नोट बजारमा पुर्‍याइसकेको खुलेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD