काठमाडौं । समता अस्पतालमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
झुण्डिएको शव २७ वर्षीया विमला तामाङको पहिचान भएलगत्तै उनका आफन्तहरुले मंगलबार बिहान अस्पताल तोडफोड गरेका छन ।
प्रहरीका अनुसार उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिईन ।
काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार अहिले अस्पताल क्षेत्र अशान्त बनेको छ । प्रहरीले यसबारे अनुसन्धान अघि बढाउन घट्नास्थल प्रहरी टोली पुगेको जनाएको छ ।
Categorized in समाज