काठमाडौं । प्रहरीले बौद्धको एक घरमा सञ्चालित मिनि क्यासिनोमा छापा मारी २३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बौद्धका लोप्साङ लामाको घरमा सञ्चालित सो क्यासिनामो जुवा खेलिरहेको अवस्थामा शनिवार बेलुका छापा मारेको थियो ।
प्रहरीले सो क्यासिनोबाट ७ लाख १९ हजार ८१० रुपैयाँ बरामद भएको जनाएको छ ।
Categorized in बजार