काठमाडौ । कपिलबस्तुको बिजयनगर गाउपालिका वडा नं ७ स्थित परसौयाकी बोल्न नसक्ने ७ महिने गर्भवती महिलाको बलात्कार भएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको श्रीमानले बुधवार प्रहरीमा दिएको उजुरीको आधारमा बलात्कारको आरोपमा ३ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उजुरी दिएको बयान अनुसार यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भनेको छ । उनले ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरीले वर्षाती केवट र प्रह्लाद लाई पक्राउ गरेको छ भने मुख्य आरोपी बकन्चु फरार रहेको छ ।
Categorized in समाज