१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बोलबम गएकी एक महिलाको सुन्दरीजलको खोलामा डुबेर मृत्यु


प्रकाशित: सोमवार, १९ साउन २०८२, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।


गोकर्णेश्वर नगरपालिका–१ मा रहेको सुन्दरीमाई मन्दिर नजिक खोलामा आइतबार राति ३५ वर्षीया सन्ध्या धामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिएका छन । 


बोलबम दर्शनका लागि गएकी धामी ढुंगामा चिप्लिएर खोलामा खसेकी थिइन । चितवन घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी उनी खोलामा डुबेपछि अचेत अवस्थामा भेटिएकी थिइन । 


उनलाई तत्काल उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex