७ बैशाख २०८१, शुक्रबार
Header

बोर्डिङ विद्यालयलाई शुल्क विवरण बुझाउन महानगरपालिकाको निर्देशन


प्रकाशित: बुधवार, १८ चैत्र २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालय (बोर्डिङ स्कुल) लाई शुल्क विवरण बुझाउन निर्देशन दिएको छ । 


महानगरपालिकाले आगामी बैशाख १५ गते भित्र शुल्क विवरण बझुाउन सुचना जारी गरेको छ । सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त र बन्देज पालना गर्ने गरी समयसीमाभित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।


संस्थागत विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ ले निर्धारण गरेको मापदण्ड अनुरुप शुल्क निर्धारण गरी विबरण महानगरको शिक्षा विभागमा बुझाउन भनेको छ ।


हाल काठमाडौं महानगरपालिकाभित्र हाल ६४५ निजी विद्यालय सञ्चालित रहेको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD