१५ बैशाख २०८१, शनिबार
Header

बोनिता शर्मा प्रेरणादायी १०० महिलाको सुचीमा


प्रकाशित: बुधवार, २९ असोज २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालकी बोनिता शर्मा विश्वका प्रेरणादायी १०० महिला २०१९ को सुचीमा पर्न सफल भएकी छिन । 


बिबिसीले प्रत्येक बर्ष विश्वमा प्रेरणादायी भूमिका निर्वाह गर्ने महिलाहरुको सुची सार्वजनिक गर्ने सुचिमा बोनीता पर्न सफल भएकी हुन । 


शर्मालाई महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिलो सूचीमा राखिएको हो । 


यस वर्ष सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक शर्मा उक्त सूचीमा पर्न सफल भएकी हुन । उनको संस्थाले कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न सुत्केरी आमाका लागि न्युट्रिबिड्स डिजाइन गरेको छ ।


यो एक किसिमको ब्रासलेट हो जुन विभिन्न रङका दानाबाट बनाइएको छ । उक्त ब्रासलेटको सहायले बच्चालाई कस्तो पोषण खुवाउने संकेत प्रदान गर्दछ । 


शर्माले आफ्ना तीन साथी नेहा मल्ल, मञ्जिता राजोपाध्याय र आशुतोष कार्कीसँग कुराकानी गरिन्। चार युवा मिलेर उक्त संस्था स्थापना गरेका थिए । 


उनीहरूको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ च्यालेन्ज–२०१६ु जितेको छ । योसँगै उनीहरूले पचास हजार अमेरिकी डलर (करिब ५५ लाख रूपैयाँ) पुरस्कार पाएका छन । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD