२० बैशाख २०८१, बिहिबार
Header

बैशाख ७ गते लाग्ने सुुर्यग्रहण नेपालमा नदेखिने, बार्नु पनि नपर्ने


प्रकाशित: सोमवार, ४ बैशाख २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । बैशाख ७ गते लाग्ने सुुर्य ग्रहण नेपालमा नदेखिन नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।


नेपालमा नदेखिने भएकोले यसको दोष नलाग्ने तथा सो दिन बार्न पनि नपर्ने समितिको भनाई छ । 


यस दिन लाग्ने ग्रहण छिमेकी देश चीन, मंगोलिया लगायत देशबाट देखिनेछ । 


यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण लाग्नेछ तर सबै सुुर्यग्रहण नेपालबाट नदिने भएको छ ।  


आगामी कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD