२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बैशाख ७ गते जनबहाः द्यःया (मच्छिन्द्रनाथको रथयात्रा) गरिने


प्रकाशित: आईतवार, २२ चैत्र २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । आगामी बैशाख ७ गते सेता मच्छिन्द्रथानको रथयात्रा गरिने सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।


समितिकोको आईतवार वसेको बैठकले सो निर्णय गर्दै नेपाल सरकारको स्वास्थ्य मापदण्डको पालना गरेर रथयात्रा गरिने भएको छ । 


काठमाडौं महानगरपालिका २५ वडा अध्यक्ष समेत रहेका समितिका अध्यक्ष निलकाजी शाक्यले स्वास्थ्य मापदण्ड पालना गरेर जात्रा मनाउन लागिएको जानकी दिए । 


जात्रा संचालनसँग सम्बन्धीत विभिन्न संघ, संस्था तथा सरोकारवालाहरुसँगको छलफलमा रथयात्रा व्यवस्थित ढंगबाट संचालन गरिने तथा कोरोना जोखिमलाई पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 


यस वर्षको रथयात्रा वैशाख ७ गतेदेखि एक हप्तासम्म सञ्चालन गरिने भएको छ । सहकालको देवताको रुपमा मनिने सेतो मच्छिन्द्रनाथ रथ यात्रा गत कोभिड–१९ को कारण स्थगीत गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex