काठमाडौं । सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा कडाई गर्ने निर्णय गरेको छ ।
बैठकले वैशाख १५ गतेसम्म देशभरी लकडाउन बढाउने निर्णय गरेसँगै अब लकडाउनमा कडाई समेत गरिने भएको छ ।
हिडेर काठमाडौं छाडनेहरुलाई अब नजान दिने भएको छ । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा रहेकाहरु हिडरै आ–आफ्नो घर जाने गरेको थियो ।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो ।
काठमाडौं पेप्सीकोलाको सनसिटीमा अपार्टमेन्टमा लण्डनबाट आएका २ जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
Categorized in राष्ट्रिय