१६ चैत्र २०८०, शुक्रबार
Header

बैशाख १५ गते खुलामञ्चको बसपार्क हटाईदै


प्रकाशित: विहिवार, ९ बैशाख २०७८, १६ः२० बजे
- महानगरखवर

काठमाडौँ । खुलामञ्चमा रहेको बसपार्क बैशाख १५ गतेबाट हटाईने भएको छ । 


विहिवार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको महानगरपालिकाले जनाएकोक छ । 


यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीसहित बसेको बैठकमा खुल्ला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने र खुल्ला मञ्चलाई मौलिक प्रयोगमा निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताएका छन । 


अधिकृत ज्ञवालीले खुलामञ्चबाट वसपार्क हटाएपछि टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन भने छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट जानकारी दिए । 


पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ । बसपार्क सारेर बैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने छ ।


बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजंग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटासहित अधिकारीहरु सहभागी थिए । 


पुरानो बसपार्कमा भ्यू टावर निर्माण कार्य भईरहेले महानगरपालिकाले अस्थायी रुपमा खुलामञ्च अस्थायी रुपमा दिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD