५ भाद्र २०८३, शुक्रबार
Header

बैशाख १४ गते स्थानीय निर्वाचनको प्रस्ताव


प्रकाशित: शनिवार, १० पुस २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी बैशाख १४ गते सम्म चुनाव गर्ने प्रस्ताव गरेको छ । 


पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने बताएका छन । 


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वेशाख २२ गते बिहीबारका दिन गर्न सकिने समेत प्रस्ताव गरेको जानकारी दिए ।


स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहको निवार्चनका लागि आयोगले सिफारिस गर्ने र सरकारले मिति तोक्ने व्यवस्था छ । 


आयोगका अनुसार कूल पाँच लाख ७७ हजार ६६९ नयाँ मतदाताले आफ्नो नामावली दर्ता गराएका छन ।  मतदाता नामावलीमा नाम दर्ता गर्ने समय यही पुस २० गतेसम्म रहेको छ । आगामी जेठ ५ गते स्थानीय तहको पदाधिकारीको पदावधि सकिँदैछ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex