काठमाडौं । नेपाली कांग्रेसले बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।
उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै जागरण अभियान थाल्ने बताएका छन ।
एक महिना लामो जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा गरिने निधिले बताए ।
दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ र अन्तिम चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।
Categorized in राष्ट्रिय