काठमाडौं । वैशाखका लागि बाणिज्य बैंकले व्याजदर तोकेको छ ।
२० वटा वाणिज्य बैंकमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ ।
वाणिज्य बैंकहरूमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४.४१४ र न्यूनतम ३.०१३ प्रतिशत कायम भएको छ ।
चैतमा यस्तो ब्याजदर क्रमशः ४.४६४ र ३.०१३ प्रतिशत रहेको थियो ।
तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटाले घटाएका छन । बाँकी १५ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन ।
यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशत कायम भएको छ ।
चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०१४ र न्यूनतम ४.०५१ प्रतिशत थियो ।
Categorized in बैंक