७ बैशाख २०८१, शुक्रबार
Header

बैशाखदेखि निक्षेपको ब्याजदर कति घट्दै ?, कर्जाको पनि घट्ने


प्रकाशित: बुधवार, २९ चैत्र २०७९,१२ः३० बजे 
- महानगरखबर

काठमाडौँ । बाणिज्य बैंकहरुले आगामी बैशाख २०८० सालबाट निक्षेपमा ब्याजदर घट्ने जनाएको छ ।


नेपाल बैंकर्स संघका अनुसार व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरुले अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिनेछन । 


त्यस्तै संस्थागत खातामा ७.९ प्रतिशतसम्म दिनेछन । 


यस अघि  व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।


संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको बताए ।

 
उपाध्यक्ष कोईरालका अनुसार साधारण बचत खातामा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याजदर दिने छन । 


बैशाखबाटै कर्जाको ब्याजदर सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ । 


बैंकले हाल ऋणीहरुबाट १४ प्रतिशतको हाराहारीमा ब्याज लिँदै आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD