२७ बैशाख २०८१, बिहिबार
Header

बैशाखको लागि २ बैंकले बढायो ब्याजदर, अरुले घटाए 


प्रकाशित: शुक्रवार, ३० चैत्र २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । २०८१ बैशाखको लागि बाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गरेका छन । 


वैशाखको लागि एनएमबी बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन । एनएमबी बैंकको ७ प्रतिशतबाट बढेर ब्याजदर ७.९७ पुगेको छ भने एभरेष्ट बैंकले ६.५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुरायाएको छ ।


यो ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा बृद्धि गरिएको हो ।  अधिकतम ७.२५ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०७ प्रतिशत दिने भएका हुन । 


सबैभन्दा कम कृषि विकास बैंकले ब्याजदर ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । 


बैशाखको लागि एनआइसी एसिया ७. ७५ दिने भएको छ यस अघि ८.५४ रहेको थियो ।


सिटिजनले ७.७५ दिँदै आएकोमा अव बैशाखको लागि ७.५ दिने भएको छ भने हिमालयनभने ७.५ नै कायम गरेको छ । 


कुमारी बैंकले ७.५१ दिएकोमा अब ७.२६, माछापुच्छ्रे ७.७५ बाट घटेर ७.२५ दिने भएको हो । नबिल बैंक ७.२५ नै कायम गरेको छ भने सिद्धार्थले ७.५ बाट ७.२५ पुराएको छ । 


प्राइम कमर्सियल ७.१, सानिमा ७.१, प्रभु ७ प्रतिशत यस अघि ७. ५ रहेको थियो । 


लक्ष्मी सनराइज पनि ७ प्रतिशत, ग्लोबल आइएमई ७, स्ट्यान्डर्ड चार्टर्ड ७, नेपाल इन्भेष्टमेन्ट ७, नेपाल बैंक ६.७५ राष्ट्रिय वाणिज्य बैंक ६.५, नेपाल एसबिआइ ६.५३ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD