५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेकी आरती कमलपोखरीबाट पक्राउ


प्रकाशित: आईतबार, ६ जेठ २०७५, २०ः४५ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको २०७० असार ३ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार जरीवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार रहेकी आरती गिरी पक्राउ परेकी छिन् ।


केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले आइतबार कमलपोखरी काठमाडौंबाट पक्राउ गरेको हो ।

 
महोत्तरी रामनगर बस्ने ३१ बर्षीया आरती गिरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।

 
गिरीले वैदेशिक रोजगारीका लागि ६ महिना भित्र इजरायल पठाईदिन्छु भनी २०६८ मंसिर २८ गते जाहेरवालाहरु पदम सुन्दरी श्रेष्ठबाट ३ लाख ३० हजार र गिता श्रेष्ठबाट १ लाख ५५ हजार रुपैयाँ उठाई वैदेशिक रोजगारीमा नपठाई फरार भएकी थिइन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex