७ बैशाख २०८१, शुक्रबार
Header

बैदेशिक रोजगारमा आठ करोडभन्दा बढि ठगी गरी ७ बर्षदेखि फरार अभियुक्त पक्राउ


प्रकाशित: बुधबार, ३० साउन २०७५, २०ः५६ बजे
- महानगरखबर

काठमाडौं । बैदेशिक रोजगारीको लागि अफगानिस्नतान लागायत विभिन्न मुलुक पठाउने भनी विभिन्न व्यक्तिसँग आठ करोड भन्दा बढि रकम असुली ७ बर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्रउ गरेको छ । 


प्रहरीले काठमाडौं महानगरपालिका–१६ बस्ने झापा दुर्गापुर–१ घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला पक्राउ गरेको हो । 


निरौला लगायत अन्य प्रतिवादीहरुले २०६८ कात्तिक २५ गतेबाट विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड भन्दा बढी रुपैंया ठगी गरी फरार थिए । 


पीडितको जाहेरीको आधारमा अन्तर्राष्ट्रिय स्तरमा फरार अपराधीहरुको खोजी कार्यको लागि इन्टरपोल महासचिवालयमा अनुरोध गरी जारी गरिने नोटिस तथा डिफ्युजनका प्रतिवादीहरुलाई अध्यागमन विभागको Black list मा राख्नको लागि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गरिएको पत्राचारको आधारमा निरौला उपर वैदेशिक रोजगार कसूरमा २०६९ जेठ ३२ गते डिफ्युजन जारी भएको थियो ।


डिफ्युजन जारीका लागि वैदेशिक रोजगार विभाग तिनकुनेले २०६९ जेठ ८ गते नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । 


उक्त विभागद्वारा ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरीवाना तोकिएका प्रतिवादी निरौला झापाको काँकडभित्ता, भारतको नयाँ दिल्ली हुँदै चीनको ग्वाङजुबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल गौचरले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।


निरौलालाई थप आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD