१४ बैशाख २०८१, शुक्रबार
Header

बैंक ह्याकिंग प्रकरणमा थप एक एजेण्ट पक्राउ, अझै ५ जना फरार


प्रकाशित: विहिवार, ९ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले कृषि विकास बैंकको स्फ्टवयेर ह्याक गरेर पैसा लुट्ने गिरोहका थप एक एजेण्टलाई पक्राउ गरेको छ । 


महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले विहिवार दिउँसो स्याङ्जाको वालिङबाट प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाललाई पक्राउ गरेको छ । 


महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार उनको बैँक खातामा ६५ लाख जम्मा भएको देखिएको तर उनले निकाल्न भ्याएका थिएनन । 


उनलाई काठमाडौं ल्याई अनुसन्धान अघि बढाएको महाशाखाले जनाएको छ । 


यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


महाशाखका अनुसार अझै पाँच जना फरार रहेको छ । प्रहरी अनुसन्धानबाट खुल्न गए अनुसार अफ्रिकी नागरिक पिटरले नेपाली बैंकबाट ५ अर्ब लुट्ने योजना अन्तर्गत कृषी विकास बैंकबाट बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार निकाल्न सफल भएको देखिएको छ । 


विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD