११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य


प्रकाशित: विहिवार, २५ पुस २०८१, १९ः२९ बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न निर्देशन दिएको छ ।


बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन मार्फत उक्त व्यवस्था गरेको हो ।


‘बैंक तथा वित्तीय संस्थाले १ माघ २०८१ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने छ,’ निर्देशनमा भनिएको छ ।


लघुवित्त संस्थाले पनि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्रै खाता खोल्न सक्ने भएका हो । 


लघुवित्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका मार्फत उक्त व्यवस्था भएको हो । पूर्वाधार बैंकले समेत सोही व्यवस्था पालना गर्नुपर्ने भएको हो ।

 

9 January 2025, Thursday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex