१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बैंक कर्मचारीको मिलोमतोमा करोडौ रकम भ्रष्टाचार गरेका अभियुक्त मल्ल सुन्धाराबाट पक्राउ


प्रकाशित: आईतबार, ६ साउन २०७५, २१ः५० बजे
- महानगरखबर

काठमाडौँ । बैंककर्मचारीसँगको मिलोमतोमा करोडौ रकम भ्रष्टाचार गरेको अभियुक्त गेहेन्द्रबहादुर मल्ल काठमाडौको सुन्धाराबाट आईतबार पक्राउ परेको छ ।

 
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई सुन्धाराबाट पक्राउ गरी जेल चलान गरेको छ ।

 
सर्वाेच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय  मल्ललाई डिल्लीबजार जेल चलान गरेको ब्यूरो टोलीले जनाएको छ ।

 
मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी भ्रष्टाचार गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex