१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंकहरुमा चैत्र महिनामा निक्षेपको ब्याजदर घट्यो ( हेरौ सुचि) 


प्रकाशित: बुधवार, ३० चैत्र २०८०, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर चैत्र महिनामा पनि घटेको छ । 


चैतको लागि बैंकहरूले औसत ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका हुन । यस अघि फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत ७.७ प्रतिशत रहेको थियो । 


बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८.५४ प्रतिशत र न्यूनतम ५.६६ प्रतिशतसम्म दिने भएका छन । फागुनको लागि न्यूनतम ६.४४ प्रतिशत र अधिकतम ८.५ प्रस्ताव गरेका थिए  । 


एनआइसी एशियाले सबैभन्दा धेरै ८.५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।


सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले प्रस्ताव गरेको हो। कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो ।


माछापुच्छ्रे बैंक ७.७५ ,सिटिजन्स बैंक ७.७५, ग्लोबल आइएमई बैंक७.६, कुमारी बैंक  ७.५१, सिद्धार्थ बैंक ७.५ , हिमालयन बैंक ७.५, प्रभु बैंक  ७.५, लक्ष्मी सनराइज बैंक  ७.५ ब्याजदर दिने भएको छ ।


त्यसैगरी, नबिल बैंक ७.२५, सानिमा बैंक ७.२५, प्राइम कमर्सियल बैंक ७.२५, नेपाल एसबिआइ बैंक    ७.०१, एनएमबी बैंक    ७, स्ट्यान्डर्ड चार्टर्ड बैंक    ७, नेपाल बैंक ७, नेपाल इन्भेष्टमेन्ट बैंक ७, राष्ट्रिय वाणिज्य बैंक ७ , एभरेष्ट बैंक ६.५ प्रतिशत तोकिएको छ । 


हाल बैंकहरूमा ६ खर्बभन्दा बढी अधिक तरलता छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex