१५ चैत्र २०८०, बिहिबार
Header

बैंकलाई ब्रोकर लाइसेन्स नदिन अर्थ समितिको निर्देशन


प्रकाशित: शुक्रवार, ३१ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देशन दिएको छ । 


नेकपा सांसद रामकुमारी झाक्री नेतृत्व गठित उपसमितिले दिएको सुझावको आधारमा समितिले नेपाल स्टक एक्सचेञ्जलाई बैंकलाई ब्रोकर लाइसेन्स नदिन निर्देशन दिएको हो ।


यो समितिलाई ब्रोकर लाइसेन्ससँगै मुद्रा तथा पुँजी बजारका विविध विषयमा अध्ययन गर्न समितिले भनेको थियो ।


यस अघि सरकारले पुँजी बजारको पहुँच विस्तारका लागि भन्दै बैंकहरुलाई सहायक कम्पनी खोलेर ब्रोकर लाइसेन्स दिन सकिने नीति बनाएको थियो । 


सानिमा बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, सिटिजन्स बेंक इन्टरनेसनल र ग्लोबल आइएमई बैंकले सहायक कम्पनीसमेत दर्ता गरिसकेको राष्ट्र बैंकले जनाएको छ । 


सहायक कम्पनी दर्ता गरेका ७ वटै वाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दिइसकेका छन ।


ब्रोकरहरुको पक्षमा अर्थसमितिले यस्तो निर्णय गरेको हो । वित्तिय संस्थालाई ब्रोकर लाइसेन्स दिने निर्णयको शेयर कम्पनीहरुले कडा विरोध गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD