१६ चैत्र २०८०, शुक्रबार
Header

बैंकर र व्यवसायी एकै व्यक्ति हुन नपाउने अर्थसमितिको सुझाव


प्रकाशित: शुक्रवार, १७ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधिसभाको अर्थसमितिले बैंकर र व्यवसायी एकै व्यक्ति हुन नपाउने सुझाव दिएको छ । 


समितिले बैंकर र व्यवसायी एकै व्यक्ति हुन नपाउने कानुन बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । 


विहिवार समितिका सभापति कृष्ण प्रसाद दाहालले एकै व्यक्ति व्यवसायी पनि हुने, बैंकर पनि हुने थितिले नश्चित व्यवसायीहरुका बीचमा मात्रै पूँजी घुमिरहेन बताए । 


राष्ट्रिय बैंकले जारी गरेको ‘मौद्रिक नीति’ र यसको अर्थतन्त्रमा प्रभाव’ विषयक भएको छलफलमा सभापति दाहालले एकै व्यक्तिले बैंक पनि खोल्ने, उद्यम पनि गर्ने व्यापार पर्ने गर्ने काम गलत भएको भनाई राखे । 


सभापति दाहालका अनुसार यसरी एउटै व्यक्ति व्यवसायी, बैंकर, उद्यमी हुँदा सर्वसाधारणलाई कर्जा प्राप्त गर्न समस्या हुने गर्दछ । 


भारतमा सन १९६० को दशकमा नेपालको जस्तै समस्या उत्पन्न भएपछि निजी स्तरका १४ वटा बैंकलाई ६ वटामा झारेको थियो ।  


कार्यक्रमा बैंकर नरबाहदुर थापाले नेपालमा पनि भारतको जस्तै नगरे पनि संचालक समितिमा धेरैतिर व्यवसाय भएका व्यक्ति जान नपाउने व्यवस्था गर्न सुझाव दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD