काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा थप ३ जना निर्वाचित भएका छ ।
नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेका छन् ।
सङ्घको ११ सदस्यीय कार्यसमितिमध्ये बिहीबार सम्पन्न ३२ औँ साधारणसभाले तीन सदस्य थप गरेको शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Categorized in बैंक