२० बैशाख २०८१, बिहिबार
Header

बैंकबाट ऋण लिनेको संख्या बढ्न थाल्यो


प्रकाशित: आइतवार, १० मंसिर २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । पछिल्लो तिन महिना यता बैंकबाट ऋण लिनेहरुको संख्या बढेको छ ।


साउन लगेसँगै ऋण लिनेहरुको संख्या बढेको हो । कर्जाको ब्याजदर घटेपछि ऋण लिनेहरुको संख्या बढेका छन । 


गत जेठमा ऋणी हालसम्मकै उच्च १८ लाख ५५ हजार ७ सय ८० पुगे पनि असारमै यो संख्या घटेर १८ लाख ४५ हजारमा सीमित भएको थियो । 


जेठमा कर्जाको ब्याजदर १२.३ प्रतिशत रहेकोमा यसमा थप कमी आइरहेको छ । यही कारण पनि ऋण लिनेको संख्यामा सुधार देखिन थालेको हो । असोजमा कर्जाको ब्याजदर घटेर १२.११ प्रतिशतमा आइपुगेको छ । 


असार २०७८ मा कर्जाको औसत ब्याजदर ८.४३ बिन्दुमा रहेपछि कर्जाको विस्तार समेत उच्च दरमा भइरहेको थियो । गत फागुनमा कर्जाको ब्याजदर उच्च भएसँगै ऋण लिनेको संख्या घट्न थालेको थियो । 


गत फागुनमा बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)बाट ऋण लिनेको संख्या १८ लाख ५४ हजार ५९८ रहेको थियो ।  


गत फागुन २०७९ मा कर्जाको ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसयता ब्याजदर घट्दै गइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD