१४ बैशाख २०८१, शुक्रबार
Header

बैंकको सीईओ हटाउन राष्ट्र बैंकको सहमति लिनुपर्ने


प्रकाशित: सोमबार, १४ पुष २०७६, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हटाउन नेपाल राष्ट्र बैंकको सहमति आवश्यक हुने भएको छ ।


बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) २०७३ मा सीईओको काम सन्तोषजनक नभए हटाउन सकिने तर राष्ट्र बैंकको सहमति लिनै पर्ने प्रस्ताव गरेको छ । 


संसद सचिवलायमा दर्ता भएको उक्त प्रस्ताव पारित भए बैंकको सीईओ परितवर्न गर्न राष्ट्र बैंकको सहमति लिनुपर्ने हुन्छ । 


हालको व्यवस्था अनुसार बैंकको सञ्चालक समितिले जुनसुकै बेला निर्णय गरेर सीईओ बर्खास्त गर्न सकिने छ । 


हाल बैंक तथा वित्तीय संस्थाको प्रवन्धपत्र तथा विनियमावलीको अधिनमा रही सञ्चालक समितिले सीईओ नियुक्त गर्न सक्ने व्यवस्था छ ।


अर्थमन्त्रालयले गत भदौ २५ गते नै बाफियासहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकसमेत संसद सचिवालयमा दर्ता गराएको थियो । 


त्यसैगरी विधेयकमा बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक बन्नका लागि नयाँ मापदण्डहरु प्रस्ताव गरिएको छ । 


सञ्चालक बन्न सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको र कम्तीमा ५ वर्षको अनुभव हुनुपर्छ । त्यसको विकल्पमा स्नातकोत्तर उपाधि हासिल गरेको र ३ वर्षको अनुभव हासिल गरेको हुनुपर्छ ।


यसअघि ५ वर्षको अनुभव भए शैक्षिक योग्यता आवश्यक थिएन । अथवा स्नातकोत्तर तहको अध्ययन गरिसकेको भए अनुभव आवश्यक थिएन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD