७ भाद्र २०८३, आइतबार
Header

बैंकको सिईओ नियुक्त गर्न राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने


प्रकाशित: मंगलवार, २१ जेठ २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गर्दा राष्ट्र बैंक सँग स्वीकृति लिनु पर्ने भएको छ । 


संसोधनको तयारीमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधेयकमा यो व्यवस्था हुने भएको छ । 


सञ्चालक समितिले सीफारिसका आधारमा राष्ट्र बैंकले नियुक्त गर्न ठिक वा बेठिक भन्ने निर्णय दिएपछि मात्र बैंकले प्रमुख कार्यकारी नियुक्त गर्ने छ ।


अहिले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै आएका छन्।


मस्यौदामा प्रस्ताव गरिए अनुसार, सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सीफारिस गर्नु पर्छ   त्यसका आधारमा राष्ट्र बैंकले आवश्यक निर्णय लिने छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex