१३ बैशाख २०८१, बिहिबार
Header

बैंकको सिईओको उमेर हद नतोक्न सर्वोच्चको आदेश


प्रकाशित: मंगलवार, २८ साउन २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को उमेर हद नतोक्न अन्तरिम आदेश दिएको छ ।  

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका तथा सिईओको उमेर हद तोक्ने  निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 


प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले सो आदेश दिएको छ । 


उमेर हद तोके लगत्तै प्राइमका सीईओ मानन्धर पदमुक्त भएपछि राष्ट्र बैंकले गैरकानूनी रुपमा बैंक सञ्चालक र सीईओको अधिकतम उमेर हद तोकेको भन्दै मानन्धर सवोच्च पुगेका थिए । 


राष्ट्रबैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार नयाँ व्यवस्था गरेको थियो ।


नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैनन । 


त्यसैगरी सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । 


राष्ट्र बैंकको परिपत्रले एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नविल बैंकका अध्यक्ष शम्भु पौड्याल र गरिमा विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काको पद गएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD