११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंकको आधार दर घटेसँगै ब्याजदर पनि सस्तो हुँदै (कस्को कति)


प्रकाशित: आइतवार, १३ फागुन २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । बाणिज्य बैंकहरुको औसत आधार दर घटेसँगै ब्याजदर पनि सस्तो हुने भएको छ । 


बैंकले फागुनको लागि आधार दर सार्वजनिक गरे अनुसार १९ वटै बैंकको आधार दर घटेको छ ।अहिले बैंकहरूको औसत आधार दर ९.६६ प्रतिशतबाट घटेर ९.४१ प्रतिशतमा पुगेको छ । 


बैंकहरूले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन । 


प्रिमियम दर अधिकतम ५ प्रतिशत छ । यस अघि ७ प्रतिशतसम्म रहेको थियो । बैंकहरुले धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम ३ प्रतिशत छ ।


यस हिसावले बैंकको आधार दर घटेपछि ब्याजदर पनि संस्तो हुने भएको छ । 


पछिल्लो अपडेट अनुसार कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ ।


कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर सबैभन्दा धेरै १०.३१ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.९२ प्रतिशत छ । 


फागुन महिनाको लागि एनआइसी एशिया बैंकको आधार दर ९.६७ प्रतिशत, सिटिजन बैंकको ९.६१, कृषी विकास बैंकको ९.७२, लक्ष्मीसनराईज बैंकको ९.९९, प्रभु बैंकको ९.३, एनएमबी बैंकको ९.७ सानिमाको ९.२७, नेपाल एसविआई ९.३६, ग्लोबल आइएमई बैंक ९.४ सिद्धार्थ बैंक ९.२ नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ९.१४, माछापुच्छे« बैंक ९.६ प्रतिशत रहेको छ । 


त्यसैगरी, नविल बैंकको ८.८६, एभरेष्ट बैंक ८.७१, नेपाल बैंक ८.५७ आधार दर तोकेको छ । 


राष्ट्र बैंकको तथ्यांक अनुसार पुस १६ गतेदेखि फागुन ९ गतेसम्म कर्जा ६४ अर्ब रूपैयाँले वृद्धि भएको छ ।


हाल बैंकहरूमा ६१ खर्ब ६२ अर्ब रूपैयाँ निक्षेप छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex