७ भाद्र २०८३, आइतबार
Header

बैंकको अध्यक्ष र सिईओको उमेर हद तोकियो


प्रकाशित: सोमबार, २० साउन २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ)को उमेर हद तोकेको छ । 


सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।


‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गरेर उमेर हद तोके अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कायृकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । 


तर संसोधन अघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन ।


यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका अध्यक्ष हुनको लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । तर यस अघि नै ७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष सम्म लागु हुने छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex