१६ चैत्र २०८०, शुक्रबार
Header

बेस्ट फाईनान्सको २४ औं साधारणसभा सम्पन्न


प्रकाशित: विहिवार, ३१ भाद्र २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । बेस्ट फाईनान्स कम्पनी लिमिटेडको २४ औं साधारणसभा सम्पन्न भएको छ । 


विहिवार कम्पनीको केन्द्रिय कार्यलय, कमलादीमा आयोजित सभामा कम्पनीको आर्थिक बर्ष २०७६/०७७ को संचालक समितिको प्रतिवेदन पारित, लेखापरीक्षण्को प्रतिवेदन, बार्षिक वितिय प्रतिवेदन, आ.व. २०७७/०७८ का लागि लेखा परिक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गरिएको छ । 


त्यसैगरी कम्पनीको संचालक समितिबाट संस्थापक शेयरधनी तर्फबाट मनोनित महिला संचालकको नियुक्ती अनुमोदन, संचालक समितिका लागि संस्थापक तथा सर्वसाधरण समूहबाट संचालकहरुको निर्णय गरियो । 


सभाले भविष्यमा उपयुक्त बैंक तथा वित्तिय संस्थासँग एक आपसमा गासिने (मर्ज) तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, यस अचल सम्पती र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकन कर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियार दिने निर्णय गरेको छ । 


सभाले संस्थापक तथा सर्वसाधारण समूहबाट ६ जना पदाधिकारीहरु चयन गरेका छन । समितिमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई, सुधिर ज्ञवाली, राम श्रेष्ठ र खिलराज पौडले चयन भएका छन । 


कम्पनीको आ.व. २०७६/०७७ को करपछिको खुद नाफा ७ करोड ७३ लाख रहेका छ भने जगेडा कोषमा नाफाको २० प्रतिशत १ करोड ५४ लाख साधारण जगेडा कोषमा छुट्टाएको छ । 

फाइनान्स कम्पनीको  चुक्ता पुँजी ८२ करोड ८९ लाख रुपैयाँ छ । फाइनान्स कम्पनीले १४ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD