काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ ।
महाशाखाका अनुसार उनीहरुमा देखिएको कोरोना नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भएको छैन । नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्ने हुन्छ ।
अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न सरकारले आग्रह गरिएको थियो ।
Categorized in स्वास्थ्य