१४ बैशाख २०८१, शुक्रबार
Header

बेलायतका प्रधानमन्त्री बोरिसलाई कोरोना संक्रमण


प्रकाशित: शुक्रवार, १४ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । बेलातयका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) लाई पनि संक्रमण भएको छ । 


प्रधानमन्त्री बोरिसले ट्वीटरमा आफूलाई पछिल्लो २४ घण्टामा ज्वरो र खोकी आएपछि परिक्षण गर्दा पोजिटिभ पाएको बताएका छन । 


मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा पोजिटिभ देखेपछि प्रम बोरिस सेल्फ आइसोलेसनमा बसेका छन । नले आइसोलेसनमै बसेर सरकार चलाउनेछन ।


जोन्सनका अनुसार उनमा हिजोदेखि ज्वरो र खोकी लगायतका लक्षण देखिएका थिए । यद्यपि केही दिन अगाडि नै उनका एक प्रवक्ताले जोन्सनलाई सन्चो नभएको बताएका थिए ।


५५ वर्षे जोन्सन बिहीबार राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सहभागी भएका थिए । बेलायतमा हालसम्म करिब १२ हजार कोरोनाभारस संक्रमित छन भने पाँच सय ७८ जनाको ज्यान गइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD