काठमाडौं । सरकारले बेरोजगारलाई दिन लागेको निर्वाह भत्ताको विधयेक अन्तिम चरणमा पुगेको छ ।
संसदबाट विधेयक पारित भए यसले असोज २ गतेबाट कानुनी हैसियत पाउने निश्चित भएको छ ।
सरकारले दिन लागेको बार्षिक २२ हजार भत्ता लिन थुप्रै सर्तहरु पुरा गर्नुपर्ने हुन्छ ।
बरोजागर भएर मात्र भत्ता पाईने होईन यसमा सरकारले तोकेको भन्दा वार्षिक कम आय भएका परिवारलाई मात्र यस्तो भत्ता दिने विधेयकमा उल्लेख गरेको छ ।
आय सिमा सरकारले तोके अनुसार हुन्छ । त्यसैगरी विधेयकमा परिवारको कुनै पनि सदस्य स्वरोजगार भएमा पनि भत्ता नपाउने व्यवस्था छ ।
विदेशमा परिवारको कुनै सदस्य रोजगारीमा भए, पेन्सन बुझ्ने अवकाश प्राप्त कुनै प्रहरीको परिवारका दुई छोरारछोरी बेरोजगार भए, पेन्सन भत्ता बुझ्ने परिवार भए, कुनै सामाजिक सुरक्षा कोषबाट रकम प्राप्त गर्ने अर्थात बीमा भएको परिवार भए, सरकारी कोष, अन्य अन्तर्राष्ट्रिय संघ संगठन तथा संगठित संस्थामा (निजी कम्पनीमा) काम गर्ने परिवारका सदस्य भए भत्ताबाट बञ्चित हुनेछ ।
स्थानीय तहमा बेरोजगारले नाम दर्ता गराउनु पर्छ । यसरी नाम दर्ता भएको परिवारलाई राज्यले रोजगारी उपलब्ध गराउने छ । रोजगारी उपलब्ध गराउन नसकेको अवस्थामा मात्र भत्ता दिइने विधेयकमा उल्लेख छ । यस्तो भत्ता वर्षमा सय दिन रोजगारी गर्दा प्राप्त हुने रकमको पचास प्रतिशत मात्र हुनेछ ।
नेपालको संविधानको धारा ३३ मा प्रत्याभूत गरिएको रोजगारी हक सुनिश्चित गर्न सरकारले यो विधेयक ल्याएको हो ।
Categorized in समाज