काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका– ५ प्रितीका बेपत्ता वडाध्यक्ष कुवीर खत्री आज बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका छन् ।
खत्री मंगलबार विहान साढे ८ बजेदेखि बेपत्ता भएका थिए । गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुपर्छ भनी खबर गरी घरबाट हिँडेका थिए ।
खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिएको करिब पाँच सय मिटर तल शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए । खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वा्चित भएका थिए ।
Categorized in राष्ट्रिय