१४ बैशाख २०८१, शुक्रबार
Header

बेनुगोपाल मन्दिरको पुननिर्माणमा महानगरको ५० लाख सहयोग


प्रकाशित: मंगलवार, ३१ बैशाख २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएको मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुननिर्माणको लागि काठमाडौं महानगरपालिकाले ५० लाख सहयोग प्रदान गरेको छ । 


शनिवार महानगर प्रमुख शाक्यले मन्दिर पुननिर्माण समितिका अध्यक्ष शिवराम राजवंशीलाई ५० लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । 


सो कार्यक्रममा महानगर प्रमुख शाक्यले पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने नीति महानगरले लिएको बताउँदै  महानगरको समृद्धिका योजना समेत माग गरेका थिए । 


यस मन्दिर पुननिर्माणको लागि करीब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यस लगानीमा गुरुकुल, गौशाला, पण्डाल, जेष्ठ नागरिकको आश्रय स्थल तयार हुनेछ । 


भक्तजनबाट अहिलेसम्म २ करोड २५ लाख प्राप्त भएका छन भने प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठले ५० लाख रुपैयाँ, मन्दिर निर्माण समितिका अध्यक्ष, शिवराम राजबंशीले ३ लाख रुपैयाँ, सामुदायिक प्रहरी सेवाका अध्यक्ष टंक श्रेष्ठले १ लाख रुपैयाँ प्रदान गरेको छ । 


त्यसैगरी स्थानीय कृष्णगोपाल राजबंशीले २५ हजार, प्रभातमणि (प्रवीण) ओझाले २५ हजार रुपैयाँ उपलब्ध गराएका छन । 


२,१३४.०७ बर्गमिटर क्षेत्रमा निर्माण भइरहेको मन्दिरमा भूकम्प प्रतिरोधी प्रबिधिको उपयोग गरिएको छ ।


स्थानीय रमादेवी श्रेष्ठले भागववनाको नाममा उपलब्ध गराएको सो जग्गामा २०३४ सालमा यो मन्दिर निर्माण गराइएको हो ।  मन्दिरको पूरा नाम शंखचक्रधारी श्री बेणीगोपाल मन्दिर हो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD