१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बूढानीलकण्ठमा मोटरसाइकल–स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, ३ गम्भीर घाइते


प्रकाशित: सोमवार, २ भाद्र २०८२, १२ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन ।

 
आइतबार बेलुकी ९ः४७ बजे बूढानीलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा बा.प्र. ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्र.३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।


दुर्घटनापछि मोटरसाइकलमा सवार ३ र स्कुटरमा सवार २ गरी पाँचै जनालाई गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । 


तर, उपचारका क्रममा मोटरसाइकल चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको सोमबार बिहान २ः१५ बजे मृत्यु भयो । 


त्यस्तै अन्दाजी ३५ वर्षका अर्का एक पुरुषको पनि सोही समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल वा स्कुटर कुनमा सवार थिए भन्ने खुल्न बाँकी छ ।


घाइतेमध्ये गोरखाको खोर्खा नगरपालिका–आरुपोखरी घर भई हाल काठमाडौंको भंगाल बस्ने २४ वर्षीय एरिक परियार गम्भीर अवस्थामा छन । 


उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बाँकी २ घाइतेको पनि अवस्था गम्भीर छ तर उनीहरूको पहिचान खुल्न बाँकी छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex