१५ चैत्र २०८०, बिहिबार
Header

बुस्टरडोज लगाउन मन्त्रालयको आग्रह


प्रकाशित: शनिवार, ९ पुस २०७९, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोभिड–१९ को बुस्टरडोज लगाउन आग्रह गरेको छ ।


कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गर्दै बुस्टर डोज लगाउन बाँकी रहेकाहरुले खोप लगाउन भनेको छ । 


छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ तर खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।


मन्त्रालयले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD