१५ बैशाख २०८१, शनिबार
Header

बुधवारबाट भक्तजनको लागि पशुपति मन्दिर खुला


प्रकाशित: सोमवार, २९ मंसिर २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य मापदण्ड अपनाएर पुष १ गते बुधवारदेखि भक्तजनको लागि पशुपति मन्दिर खुला गरिन भएको छ । 


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालका अनुसार स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनको लागि प्रवेश खुला गरिएको हो । 


मंगलवार विहान पशुपति मन्दिरमा क्षमा पूजा गरिने दस्य सचिव ढकालले जनाएको छ । कोभिड– १९ को कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएकोले क्षमा पुजा गरिन लागिएको हो । 


पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । 


मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ । मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरू हुनेछैन । 


लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD