३ आषाढ २०८२, मंगलबार
Header

बुधवारदेखि पुनः बर्षाको संभावना


प्रकाशित: सोमवार, १४ असोज २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको मौसम विज्ञहरुले जनाएको छ । 


त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलका अनुसार सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ।


मंगलवार बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै विज्ञले जनाएको छ ।


बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको छ । 


मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex