काठमाडौं । प्राचिन बुद्ध मुर्ति चोरीको आरोपमा प्रहरीले डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडा अध्यष कर्मा गरुङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए ।
त्यसैगरी ब्यूरोले शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई पनि काठमाडौँको बौद्घबाटै पक्राउ गरेको छ ।
Categorized in सम्पदा/संस्कृति