१३ बैशाख २०८१, बिहिबार
Header

बुद्ध जयन्ती अवसरमा भजन संग्रह सार्वजनिक 


प्रकाशित: आईतवार, ५ जेठ २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । गायिका गंगा महर्जनको नेपालभाषाको भजन संग्रह “बुद्ध लुइके” सार्वजनिक गरिएको छ ।  


२५६३ औं बुद्ध जयन्तीको अवसरमा नेपालभाषा एकेडमी हल, किर्तिपुरमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त भजन संग्रह सार्वजनिक गरिएको छ । 


गायिका महर्जनले यसै भजन सग्रहमा संग्रहित भजन सुनाएर शुरु भएको कार्यक्रममा लोकगायक रत्न बेहोशी बज्राचार्य, रचनाकार वि.नन्द वैद्य, लोककवि राजभाई जकःमि, अनक मिडियाया संरक्षक श्रीराम महर्जन अतिथिका रुपमा उपस्थित रहे । 


यस भजन संग्रहमा रत्न बेहोेसी बज्राचार्य, अनागारिका श्रद्धाचारी, वि.नन्द वैद्य, पवन जोशी, क्रान्ति शाहीको रचना समावेश छ भने संगीत अनिल तुलाधर, रत्न बहोशी बज्राचार्य, सुरेन्द्र श्रेष्ठको रहेको छ । संगीत संयोजन जूगल डंगोल, सुरेन्द्र श्रेष्ठ र सुरेन्द्र श्रेष्ठले गरेका छन् ।ं भजनहरु आर्टोम्यूज रेकर्डिङ स्टुडियो, सूर मेलोडी, अन्नपूर्ण स्टुडियोमा रेकर्ड भएका छन् ।  


नेवाः एफ.एम. १०६.६ मेगाहर्जको आयोजनामा भएको यस सार्वजनिकीकरण कार्यक्रम एफ.एम.का प्रवन्ध निर्देशक श्रीकृष्ण महर्जनको सभापतित्वमा संचालन भएको हो भने कार्यक्रम सुरजवीर बज्राचार्यले संचालन गरेका हुन् । 


भजन गायिका महर्जन नेवाः एफ.एम.की कार्यक्रम संचालक समेत हुन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD