१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बुद्ध जयन्तीको अवसरमा कामपा प्रमुख शाक्यद्धारा रक्तदान


प्रकाशित: विहिवार, २५ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा रक्तदान गरेका छन । 


कामपा वडा–२१ मा अवस्थित श्री गणेश युवाले विहिवार आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा प्रमुख शाक्यले रक्तदान गरेका हुन । 


प्रमुख शाक्यले भने,‘ यो क्लवको स्थापना भएदेखि नै हरेक वर्ष रक्तदान गर्दै आएको छु । यो मेरो ५० औँ पटकको रक्तदान हो’।


उक्त वडाका स्थानीय वासिन्दा समेत रहेका प्रमुख शाक्यले क्लवले ०४४ सालदेखि नियमित रक्तदान गर्दै आएको जानकारी दिँदै अरुलाई वचाउनका लागि गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान हो । त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु । यो त्यसैको निरन्तरता हो ।’ प्रमुख शाक्यले भने । 


लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन रक्तदान गरेको प्रमुख शाक्यको भनाई छ । 


सो अवसरमा केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) की निर्देशका डा. मनिता राजकर्णिकारले पनि लकडाउनका बेला रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रगत संकलनको गर्ने गरेको जानकारी दिईन । 


‘आज काठमाडौँ महानगरपालिकाको वडा–२१ को गणेश युवा क्लबमा गरिएको रगत संकलन पनि त्यसैको निरन्तरता हो,’ राजकर्णिकारले भनिन, ‘रक्तदान गर्दा सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले मात्रै रक्तदान  गर्न सक्ने व्यवस्था गर्दै आएका छौँ । आज पनि ती सबै उपाय अपनाएर रगत संकलन गरेका छौँ ।’ 


गणेश युवा क्लवका सचिव अनन्त शाक्यका अनुसार ८० जना स्थानीय दाताले रक्तदान गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex