६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

बुद्धविहार पुननिर्मामा काठमाडौं महानगरको थप ७० लाख अनुदान


प्रकाशित: शनिवार, २४ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ ।


महानगरको यो अनुदान दोश्रो पटक हो । यस अघि गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । 


शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गरे ।


सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गर्ने लक्ष्य अनुरुप अनुदान उपलब्ध गराएको बताए । 


प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


महानगरपालिकाकै सहयोगले हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुननिर्माण भइरहेको जनाउँदै उनले स्वयम्भुस्थित ऐतिहासिक आनन्दकुटी विहारको पुनःनिर्माणमा १ करोड रुपैयाँ उपलब्ध गराउने बताए ।


महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विहारमा पुनःनिर्माणमा महानगरपालिकाले सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताईन । यसले महानगरपालिकाप्रति अपनत्व र स्थानीय तहप्रति भरोसा वृद्धि हुने धारणा राखेकी छिन । संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयरसंग सहकार्य गरेर नै आफू अघि बढीरहेको पनि उपप्रमुख खड्गीको भनाई रहेको छ ।


समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँले पुनःनिर्माणमा तीब्रता आएको जानकारी दिए । महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनःनिर्माण गर्ने उत्साह र विश्वास पैदा गरेको पनि भिक्षु कौण्डन्यको भनाई रहेको छ ।


समितिका सहसचिव सुनील महर्जनले संस्कृति, सम्पदाप्रतिको संवदेनशीलताको दृष्टिले हेर्दा महानगरपालिकाले यस क्षेत्रमा गर्र्दै आएको अनुदान सहयोग, लिइएका नीति र योजनाहरु उदाहरणीय रहेको धारणा राखे ।


सो विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । 


करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको छ । विभिन्न दाताहरुको सहयोगमा दुई वर्ष अघि सो विहारको पुनःनिर्माण कार्य शुरु भएको थियो । पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  


महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसंगैको अर्को भवनको पुन ःनिर्माण गरिने छ । सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र विभिन्न महाशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika