१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बुढानीलकण्ठ नपाको जननप्रतिधिद्धारा उपत्यका विकास प्राधिकरणमा धर्ना


प्रकाशित: सोमवार, २२ बैशाख २०८२, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा धर्ना दिएका छन ।


कपन डुबान समस्या समाधानको माग गर्दै उनीहरुले कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन । 


नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार रहेको भन्दै धर्ना दिएको हो ।


नगरपालिकाका प्रवक्ता तथा १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएकाले धर्ना दिइएको बताए ।

 
ठेक्का सम्झौता गरेर पनि प्राधिकरणले वास्तै नगर्दा काम नभएको भन्दै नगरका जनप्रतिनिधिहरु धर्नामा बस्न परेको भट्टराईको भनाई छ ।


नगरपालिकाका अनुसार कपन क्षेत्रमा डुबान समस्या हल गर्न झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex