५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बुढानिलकण्ठ नगरपालिकामा नक्कली बसाई सराई गरी मतदाता नामावाली दर्ता गरेको दावी


प्रकाशित: विहिवार, ५ साउन २०७९, २०ः०० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नक्कली बसाई गरेको कागज पेश गरी मतदाता नामावलीमा नाम पेश गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

 

 
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति श्यामकृष्ण संगतले बूढानीलकण्ठ नगरपालिकाको विभिन्न वडामा १३ जनाले बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम दर्ता गरेको भन्दै उजुरी दिएका हुन ।


सभापति संगतले विभिन्न जिल्लाबाट बसाई सरी गरी आएकाहरुले विभिन्न वडामा नक्कली कागजात पेश गरेको दावी गरेको छ । 


उजुरीमा भनिएको छ,‘संलग्न कागजात उल्लेख भए अनुसार काठमाडौं जिल्ला क्षेत्र नं. ४ बुढानिलकण्ठ नगरपालिका वडा नं. २, १०, ११, १२ का पञ्चाधिकारीहरुका वडा अन्तर्गत रहने अनुसुची फारममा हस्ताक्षर र वडा कार्यलयको छाप भएको र यस प्रक्रियमा वडा कार्यलयको संलग्नता देखिन्छ र अन्य वडामा रहेको आशंका व्यक्त गर्दछौं ।’


गत असार १ गतेदेखि देशभर छुटेका मतदाताहरुको नामावली संकलन भइरहेको छ । त्यही क्रममा मतदान केन्द्र परिवर्तन लगायतका काम पनि भइरहेका छन ।


यस किसिमको कानुनी विपरित जारी भएको बसाई सराईको कागजातका सम्बन्धमा यथासिघ्र छानविन गरी नक्कली बसाई सराई बनाउने व्यक्तिहरुको पहिचान गरी तत्कालै पक्राउ गरी कारवाही गर्न उजुरीमा माग गरिएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex