१८ बैशाख २०८१, मंगलबार
Header

बुढानिलकण्ठमा टयाक्सी लुटपाटमा संलग्न २ जना पक्राउ


प्रकाशित: आइतवार, १८ चैत्र २०८०, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बुढानिलण्ठ नगरपालिका– १२ स्थित कपन दुर्गामन्दीर नजिकै भएको टयाक्सी लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन ।


काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार चैत्र १३ गते राती ९ बजेदेखि १० बजेको विचमा बा २ ज ३५९८ नम्बरको ट्याक्सि चालकलाई कुटपिट गरी मोवाइल, नगद, पर्स, ब्लुबुक लगायतको समान लुटपाट गरेका थिए । 


प्रहरीले सो घट्नापछि अनुसन्धनको क्रममा चैत्र १६ गते बसुन्धारा चोकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । 


पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका वडा – ६ बस्ने वर्ष २७ को प्रशान्त जंङ्ग कार्की र बुढानिलकण्ठ गरपालिका –२ बस्ने वर्ष ३४ को राजु गुरुङ रहेका छन । 


प्रहरीले उनीहरुको साथबाट चालकको oneplus 7t मोवाइल थान – १, नगद रु १८,०००, घडि थान – १, ब्लु बुक थान– १ HP 15 laptop थान – १ र रातो कलरको वालेट थान– १ बरामद गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD