४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बुढानिलकण्ठबाट बाघको छालासहित ३ जना पक्राउ


प्रकाशित: मंगलवार, २५ मंसिर २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकबाट अवैध रुपमा संरक्षित वन्यजन्तु बाघको छालासहित ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) ले मंगलवार पक्राउ गरेको छ । 


ब्युरोको टोलीले काठमाडाँै बुढानिलकण्ठ दोलखा शैलुङ गाउँपालिका–४ का मानबहादुर तामाङ, गोरखा वारपाक सुलीकोट गाउँपालिका–३ की लोकमाया गुरुङ र सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का अमर सिंहलाई पक्राउ गरेको हो । 


पक्राउ परेको तीनैजनालाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको छ । पक्राउ परेका विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्धको अपराधअनुसार कारवाही चलाइने प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex