३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बुटवलको व्यापारिक कम्पलेक्समा भीषण आगलागी, एक करोड बराबरको क्षति


प्रकाशित: सोमबार, १३ फागुन २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । बुटवल उपमहानगरपालिकास्थित एक व्यपारिक कम्पलेक्समा गएराती भीणण आगलागी भएको छ । 


मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा १० बजे राती आगो लागेको थियो । सो आगो नियन्त्रणमा लिन साढे १२ बजे निन्त्रणमा आएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा रु एक करोड बढीको नोक्सान भएको छ । 


शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी आगलागी भई सो भवनमा रहेका अन्य पसलमा समेत आगो सल्केको थियो । 


बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex